Division ban Pahalmanpur

अत्तरिया–धनगढी ६ लेन सडकका डिभाइडर लाई खुटिया नदीको पुलमा तटबन्ध गर्दै गोदावरी नगरपालिका

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- अत्तरिया–धनगढी ६ लेन सडक अन्तरगतका डिभाइडर गोदावरी नगरपालिकाले हटाउन सुरु गरेको छ । सडक छेउमा राखिएका डिभाईडरले दुर्घटनाको जोखिम भएपछि हटाउन थालिएको हो । डिभाइडरले गर्दा सडकको सोभा विग्रनुका साथै सडक पनि साँघुरो भएको छ । हटाइएको डिभाइडर बाढीको जोखिम भएको क्षेत्रमा राख्ने भएको नगरपालिकाले जनाएको छ ।

गोदावरी नगरमा सडक विभाग संग केही प्रक्रियाले गर्दा ढिलाई भएको थियो । डिभाइडर हटाउने योजना यस अघि भए पनि केही प्रक्रियागत कुराले गर्दा ढिलाई भएको गोदावरीका मेयर विरेन्द्र भट्टले बताएका छन् । उनले ६ लेन सडकमा दुर्घटना कम गर्न सबैले ट्राफिक नियमको पनि पालना गर्नुपर्ने बताए ।

Malpot office dadeldhura

डिभाइडरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै पैदलयात्रु, चालकहरूले गुनासो गर्दै आएपछि सडक दायाँबायाँ राखिएका सबै डिभाइडर हटाउन थालिएको र उक्त डिभाइडर गोदावरीको बाढी ग्रसित क्षेत्रमा खुटिया नदी तटबन्धको रूपमा प्रयोग गरिने जानकारी नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन् ।

६ लेन सडकको गेटा देखि अत्तरिया सम्मको सबै डिभाइडर हटाइने । सयौँको सङ्ख्यामा राखिएका डिभाइडर हटाउने काम भएपछि सडक फराकिलो बन्नुका साथै सडकमै गाडी पार्किङ गर्ने क्रम घट्दा आवतजावत गर्नेलाई सहजता हुने स्थानीयले बताएका छन् ।

डिभाइडरका कारण सडक साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम समेत बढी हुने भएका कारण यस्ता ठुला सडकमा अवरोध हुने गरी कुनै पनि वस्तु राख्न नहुने स्थानीयको भनाई छ । डिभाइडर राख्दा सवारी पार गर्न समस्या, आवतजावत गर्दा अप्ठ्यारो, सवारी निश्चित ठाउँमा पुगाउन लामो समय लाग्ने समस्या थियो । सडक खण्डमा सुरक्षाका लागि आवश्यक जेब्राक्रस, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ लगायत सडक पूर्वाधार तयार नगरी डिभाइडर मात्र राखेर जोखिम झनै बढेको थियो ।

बिभिन्न ठाउँमा छरपष्ट राखिएका डिभाइडरले सडकलाई कुरूप र सवारी चालकलाई सवारी चलाउन समेत समस्या हुने गरेको थियो । सडकमा राखिएका डिभाइडरले विशेष गरी रातिको समयमा डिभाइडरका कारण दुर्घटनाको जोखिम पनि कम हुने विश्वास चालकहरूको छ । डिभाइडर हटाइएपछि दुर्घटनाको भय र अवरोध हटेको अनुभुति भएको उनीहरूको भनाई छ । यस अघि डिभाइडरको सहायतामा मनलाग्दी रुपमा सवारी पार्किङ समेत हुने गरेकोमा अब त्यस्तो नहुने चालकले बताएकाछन् । ६ लेन सडकको धनगढी क्षेत्रमा यस अघि नै हटाई सकेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...