मनोज झपेन्द्र स्मृती दिवसमा मानव सेवा आश्रमलाई खाद्य सामाग्री हस्तान्तरण

प्रकाशबहादुर बोहरा
अत्तरिया, १५ साउन- नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति कैलालीले शहिद मनोज झपेन्द्रको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम धनगढी कैलालीलाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।

Ganyapdhura gau

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति कैलालीले “सम्पूणर् निजामती कर्मचारीहरु एकजुट होऔं” “संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान राजनैतिक अधिकार सहितको टे्रड युनियन हाम्रो अभियान” भन्ने मुल नारा सहित ३१ औं शहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा विभिन्न खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

Navadurga sun

नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष श्याम जोशीको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।

Dadhaldhura pur

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि मन्त्री सोडारीले सत्ताको अहमताका कारण दुई तिहाईको सरकार गरल्याङ्ग गुरुलुङ्ग हुन पुगेको छ । जति अप्ठेरो आएपनि कम्प्युनिष्टहरुले सकारात्मक सोचका साथ अगाडी बढ्नु पर्नेमा जोड दिए ।

पेशागत हकहितका लागि निजामती कर्मचारी संगठनले एकवद्ध भएर लाग्नुपर्ने भन्दै शुभकामना समेत व्यक्त गरेका थिए। आश्रमले मानव कल्याणका लागि ठूलो भुमिका खेलेको बताउँदै आश्रममा प्रदेश सरकार र मन्त्रालयको तर्फबाट सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

नेपाल निगामती कर्मचारी संगठन जिल्ला कार्य समिति कैलालीका अध्यक्ष श्याम जोशीले कर्मचारीहरुको हक हितका लागि सधै लागी परेको बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय लेखा परिक्षण आयोगका संयोजक जयदेव जोशी, राष्ट्रिय स्वास्थ्य कर्मचारी संघ केन्द्रिय उपाध्यक्ष तारा नाथ लगायत बुद्धिजीवी, नेपाल निजामती कर्मचारी संगठनका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

स्मृती दिवस संगठनका अध्यक्ष श्याम जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सचिव लक्ष्मण जोशीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...