गोदावरी नगरपालिकाद्वारा ज्येष्ठ नागरिक समाजलाई भौतिक सामाग्री हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाद्वारा रहेको ज्येष्ठ नागरिकहरूको भवनमा भौतिक सामाग्री हस्तान्तरण गरेको छ । गोदावरी नगरपालिकाका नगर प्रमुखको तर्फबाट गोदावरी नगरपालिकाका नगर प्रवक्ता गोपाल दत्त भट्ट को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महिला तथा बाल बालिका शाखाद्वारा आवश्यक सामाग्री बितरण गरेको जानकारी शाखा प्रमुख गोदावरी धामी खत्रीले बताइन ।

गोदावरी नगरपालिकाद्वारा ज्येष्ठ नागरिकहरूको भवनमा माग भए बमोजिम ३ लाख बढीको सामाग्री खरिद गरी सोफा, प्लास्टिक कुर्सी ५० थान, रोष्टम, साउन्ड बक्स हाते माइक सहित, झोला २१ ओटा, कुसुम १०० पिस लगायतका सामाग्री गोदावरी नगरपालिकाका नगर प्रवक्ता गोपाल दत्त भट्टद्वारा ज्येष्ठ नागरिकलाई हस्तान्तरण गरेका छन ।

Navadurga sun

सामाग्री बितरण कार्यक्रममा बोल्नु हुँदै नगर प्रवक्ता भट्टले यस क्षेत्रमा रहेका थुप्रै ज्येष्ठ नागरिकहरूको समय बेतित गर्ने थलोको रुपमा रहेको भवनमा हामीले सहयोग गर्न पाउँदा आफू हर्षित भएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । साथै ज्येष्ठ नागरिक भनेका भगवानका स्वरूप हुन, सबैले आ-आफ्ना बुवा आमालाई माया ममता प्रदान गर्न समेत आग्रह गरेका छन् ।

सामाग्री बितरण कार्यक्रममा महिला शाखाकी प्रेमा बडु, स्थानीय भोजराज भट्ट, ज्येष्ठ नागरिक समाजका अध्यक्ष चित्र कुमार भट्ट, नन्दलाल जोशी, लगायत ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...