बझाङ- बझाङमा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–५ सैनगाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो ।


बुधबार श्रीमति सहित यार्सा सङ्कलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगामा एक्कासि हिउँमा चिप्लेको सुर्मा गाउँपालिकाकी उपाध्यक्ष रमलाकुमारी मन्डेल पुजाराले बताएकी छन् । उनीहरू दुई साना छोरा छिमेकीलाई छाडेर यार्सा संकलन गर्न निस्केका थिए ।