गोदावरी ७ ले गर्याे ६८ लाख ४८ हजार को बजेट सार्बजनिक 

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । वडाले बिहीबार वडा भेला मार्फत वडा अध्यक्ष कलावती साउदले ६८ लाख ४८ हजार ९ सय ६८ को बजेट सार्वजनिक गरेकी हुन् । जसमा भौतिक पूर्वाधार विकास तर्फ ३४ लाख, सामाजिक विकास तर्फ १५ लाख विनियोजन गरिएको वडा अध्यक्ष साउदले बताइन ।
त्यसैगरी आर्थिक विकास तर्फ १० लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि १ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ८ लाख ४८ हजार ९ सय ६७ बजेट विनियोजन गरिएको छ ।
वडा अध्यक्ष कलावती साउदको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडाबासीको सहभागिता रहेको थियाे
स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, संरक्षण, खानेपानी तथा सरसफाई लगायतका योजनाहरूमा खर्च गरिने बताईएको छ । आर्थिक क्षेत्रमा वडाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । वडाध्यक्ष साउदका अनुसार उक्त बजेटबाट कृषि तथा पशुपंक्षी, सिँचाई, उद्योग, वाणिज्य तथा आपुर्ति, सांस्कृतिक तथा पर्यटन, सहकारी तथा गरिबी निवारण लगायतका योजनाहरू सञ्चालन गरिने छन ।
कार्यक्रमका प्रमुख अतिथि मेयर विरेन्द्र भट्टले आगामी आउने वर्षका लागि बजेट सिमा निर्धारण गर्न अगाडि बढेको बताए । त्यसका लागि नगरका विभिन्न वडामा रहेका नागरिकहरू गुनासा र मागहरू लिनेक्रममा रहेको बताए ।
जननिर्वाचित व्यक्तिबाट सबै कुरा सम्भव नहुने उनको भनाई रहेको छ । गोदावरीमा छाडा चौपाया रोक्नका लागि गौशाला निर्माण गर्दा स्थानीयहरु विरोध गरेको उनको भनाई छ । सबैको छलफल र हात्तेमालो गरी गोदावरी नगरपालिकामा भएका समस्याहरू क्रमिक रुपमा समाधानका अगाडि बढेको मेयर भट्टले बताए ।
स्थानीय सरकार आत्मनिर्भर हुन सकेको छैन् , संघीय सरकार संग भरपर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘गोदावरी नगरपालिका अन्तरगत रहेको अत्तरिया सडकमा बत्ती बाल्नका लागि पैसा बुझाएको १८ महिना भयो’, उनले भने ‘कागजी प्रक्रिया भई रहेको छ । बत्ती बल्छ ।’ नगरका १२ वटै पालिकामा जग्गा नापीको कार्य सम्पन्न भएको बताउँदै उनले चाडै राष्ट्रिय भूमि आयोगले पुर्जा दिने उनले बताए । नगरको शिक्षा क्षेत्र सुधारका लागि अगाडि बढेको उनले बताए ।
कार्यक्रममै बोल्दै गर्दा विकासमा केही गरेन भन्नेहरुका लागि मेरो कार्यकालमा जनतालाई एक एक गरी गरेका कामलाई पारदर्शी रुपमा भए नभएको काम देखाएर छाड्ने त बिगतको मेयरसापकोबर्षे कार्यकाल भन्दा अहिलेको मेरो २ वर्षे कार्यकालमा बढी र उपलब्धि मूलक  काम भएको बताएका छन । पालिकामा नयाँ योजना सहित काम गर्न खोज्दा प्रतिपक्ष साथिहरुले विरोध गर्ने परिपाटी जस्तै सबै लागेका देखिन्छन्, म मेरो बाँकी रहेको कार्यकाल मा केही काम गरेर देखाउने बताएका छन्, सबै नगरवासीले साथ दिन अनुरोध गरेका छन् ।

Loading...