कृष्णपुरको मालुबेलाबाट जमिन नापजाँचको कार्य सुरु

Dadeldhura hospital

अत्तरिया, १४ साउन- भूमिको स्वामित्व नभएका नागरिकलाई जमिन दिलाउनका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले जमिन नापजाँच गर्ने कार्य शुरु गरेको छ । कृष्णपुर नगरपालिका वडा नं.४ मालुबेला क्षेत्रबाट जग्गा नाँपजाँच गर्ने कार्य शुरु गरिएको हो ।

कृष्णपुर नगरका मेयर कणर् हमालले जग्गा नाप्ने कन्ट्रोल प्वाईन्ट स्थापना गरिएको बताए । कृष्णपुर नगरमा २ सय १० भूमिहित दलित सुकुम्वासी र झण्डै १५ हजार नागरिकले अव्यवस्थित बसोबासीको फारम समेत भरेका छन ।

Loading...