Division ban Pahalmanpur

सेती अस्पतालमा एक नवजात शिशुको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–७ की शारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो । भट्टलाई सेती प्रादेशिक अस्पतालमा मङ्गलवार साढे ८ बजे राति भर्ना गरिएको थियो । भट्टले शल्यक्रिया बिना छोरालाई जन्म दिएकी थिइन् । तर, राति पौने १ बजे उनको छोराको मृत्यु भएको अस्पतालले बताएको थियो ।

Malpot office dadeldhura

आफन्तहरूले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भनेको १० मिनेटमा मृत्युको खबर दिएको भट्टका आफन्तले बताएका छन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । तर, अस्पतालले शिशुको मृत्यु हुनुको कारण खुलाएको छैन ।

सेती अस्पतालमा सो विषयमा बैठक हुने भएको छ । बैठकपछि मात्र नवजात शिशुको मृत्युको कारण अस्पतालले बनाउने सूचना अधिकारी किशोर श्रेष्ठले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...