कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ओपेरामा डोजर चलेको छ । होटल ओपेराको विवादित स्विमिङ्ग पुल र पार्किङ क्षेत्र खाली गराउन डोजर चलाइएको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले बताएका छन् ।
ओपेरा होटलको स्विमिङ्ग पुल र पार्किङ गरी तीन कठ्ठा क्षेत्रफल खाली गराउन डोजर चलाइएको उनले बताए । लिजमा लिइको सो जमिन खाली गराउन होटल ओपेराले निर्माण गरेका भौतिक संरचनामा डोजर चलेको हो । होटल ओपेरा खगेश्वर बोहराले सञ्चालन गर्दै आएका छन् ।