कञ्चनपुरमा नवजात शिशुको मृत्यु प्रकरण: प्रहरीले थाल्यो अनुसन्धान

कञ्चनपुर- कञ्चनपुरमा नवजात शिशु मृत फेला परेको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले अनुसन्धान थालिएको जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान जिल्लाको भीमदत्त नगरपालिका-४ संविधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशुको शव फेला परेको थियो । शव सो क्षेत्रको फोहोर फाल्ने स्थानमा भेटिएको थियो ।

सो सम्बन्धमा अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको हो । प्रहरीले अहिले घटना शङ्कास्पद भएको भन्दै सिसिटिभी फुटेज हेरिरहेको बताइन्छ । अहिले मृतक शिशुको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

Loading...