
बझाङ- बझाङमा एक पुरुष मृत फेला परेका छन् । बित्थडचिर गाउँपालिका-४ का ४५ वर्षीय रामबहादुर बोहरा आज बिहान मृत फेला परेका हुन् । शनिवार साँझ घर परिवार सँगै खाना खाएर आफ्नै घरको कोठामा सुतेको बोहरा आज बिहान मृत फेला परेका हुन् ।
अबेर सम्म नउठे पछि कोठामा गई उठाउन खोज्दा मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ब्यापक चन्द्र शाहले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी शाहले बताए ।