सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँ र मन्त्री चौधरी बिच भेटवार्ता

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी बिच भेटवार्ता भएको छ । भेटवार्तामा प्रदेशको अवस्था , नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो । शुक्रवार कैलाली पुगेकी मन्त्री चौधरीले शनिवार प्रदेश प्रमुखसँग भेटवार्ता गरेकी हुन् । शनिवार कञ्चनपुर र कैलालीका कार्यक्रम सकेर प्रदेश प्रमुखसँग भेट गर्न उनी पुगेकी थिइन् ।

प्रदेश प्रमुख मियाँसँग मन्त्री चौधरीसहित पूर्व मन्त्री तथा निर्वतमान सांसद नारदमुनी राना, निवर्तमान सांसद निरु देबी पाल, प्रदेश सभा सदस्य तथा एमाले संसदीय दलको उपनेता सन्तोष शर्मा थापा लगायतको टोलीले भेटवार्ता गरेको थियो । ‘यहाँको कार्यकालसम्म सुदूरपश्चिम प्रदेशमा संवृद्धि सुशासन र विकासले गति पाउने छ भन्ने अपेक्षा दिएका छौँ ’ मन्त्री चौधरीले भनिन्, ‘यहाँलाई फेरि पनि शुभकामना छ ।’

Navadurga sun

मन्त्री चौधरीलाई पनि प्रदेश प्रमुख मियाँले जनतामुखी नीति तथा कार्यक्रम र बजेट ल्याउन र कार्यान्वयनमा जोड दिन सुझाव दिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...