कैलालीबाट लागूऔषध सहित एक पक्राउ

धनगढी- कैलालीबाट लागूऔषधसहित अछामका एक युवक पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अछामको साँफेबगर नगरपालिका-६ बस्ने २४ वर्षीय शंकर कुँवर शुक्रवार पक्राउ परेका हुन् ।

कुँवरलाई स्पास १४ ट्याब्लेट र नाईट्रोभेट १६ ट्याब्लेट र नक थान-१ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...