कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ

धनगढी- कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका-५ वनसमिती स्थित होटलमा खान तलासी गर्दा शुक्लाफाँटा नगरपालिका-९ सिसैया बस्ने २७ वर्षीय शैलेन्द्र बहादुर सिह र भीमदत्त नगरपालिका-१ घर भएका होटल संचालक राजेन्द्र पाण्डे पक्राउ परेका हुन् । यी दुबै जनालाई ४.५५ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

त्यस्तै भीमदत्त नगरपालिका-९ मटेनाबाट बेदकोट नगरपालिका-८ गैलनदी बस्ने २१ वर्षीय प्रकाश टेर लागूऔषध सहित पक्राउ परेका छन् ।

टेरलाई ४.०७ ग्राम खैरो हेरोईन, प्रिगाबालिन १० ट्याबलेट र लिकुफ १० ट्याबलेट सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तिनै जनालाई नियन्त्रणमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले बताएको छ ।

Loading...