Division ban Pahalmanpur

यस पटक उत्कृष्ट बजेट आउँछ : मन्त्री चौधरी

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यस पटक उत्कृष्ट बजेट आउने बताएकी छन् । धनगढी विमानस्थलमा प्रेस चौतारी कैलालीले आयोजना गरेको कार्यक्रममा उनले बजेट तयारी हुँदै गरेको भन्दै धेरै नयाँ विषय समेटिएको उत्कृष्ट बजेट आउने बताएकी हुन् ।

Malpot office jogbudha

‘अहिले बजेटको तयारी भइरहेको छ । धेरै नयाँ विषयमा समेटिएर बजेट बन्ने छ ।’ उनले भनिन्, ‘सीमित बजेट सिलिङका बिचमा हाम्रो मन्त्रालयबाट पनि धेरै नयाँ बिषय समेटिने छ ।’ उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि सरकारले ध्यान दिएको बताइन् । उनका अनुसार बजेटमा छोरी आत्मनिर्भरता कार्यक्रम लागू हुने छ । सातै प्रदेशमा ज्येष्ठ नागरिक, अशक्त नागरिकहरूको लागि सरकारले बजेट तयार गर्ने छ ।

‘पालिका स्तरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सुरु हुने छ । ज्येष्ठ नागरिकहरू दिन भरि त्यहाँ गएर विभिन्न सेवा लिन सक्नु हुने छ ’ मन्त्री चौधरीले बताइन् । सडक बालबालिकाको व्यवस्थापनका लागि पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो । बाल सुधार गृहमामा भइरहेको विभिन्न घटनाहरू रोक्न र बाल सुधार गृहलाई अझै सुधार गर्ने विषयमा पनि सरकार लागेको मन्त्री चौधरीले जानकारी दिइन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...