कैलाली र कञ्चनपुरबाट ४ लाख बढीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुर गरी दुई जिल्लाबाट ४ लाख बढीका अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोक, धनगढी–३ मिलनचोक र बिशालनगर, धनगढी–९ त्रिबेणीघाट, टीकापुर नगरपालिका–८ बटनपुर, जोशीपुर गाउँपालिका–१ जोशीपुर बजार, जोशीपुर–४ बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य २ लाख १८ हजार ४ सय ७० बराबरको सामान बरामद गरिएको छ ।  

उक्त मूल्य बराबरको प्याज, चिनी, खानेतेल, चामल, खुर्सानी, सरप, सुर्ती, बिडी, सकेट, छाता, प्लास्टिक झिल्ली, साबुन, कुर्ता सुरवाल, कुर्ती सेट, पानीपुरी, चक्लेट, सिद्रा माछा, चक्लेट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Navadurga sun

उता कञ्चनपुरको बिभिन्न स्थान बेलौरी नगरपालिका–६ नकैया, भुराकोट र पुनर्वास नगरपालिका–११ टिम्बर टोलबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको छ।

अन्दाजी २ लाख १९ हजार ८३० मूल्य बराबरको चिनी, चक्लेट, पेय पदार्थ, खानेतेल, सुटपिस, कुर्ता सुरवाल, धोती, कुर्ती, बिडी, सुर्ती, सुपारी, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएका हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...