कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित २ युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका-१० सडक घाटबाट सोही ठाउँ बस्ने २५ वर्षीय प्रशान्त चौधरी र २० वर्षीय बिकाश चौधरी १ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित मंगलवार पक्राउ परेका हुन् । उनीहरूको साथबाट मोटरसाईकल १ थान समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।