कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि छलफल

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहितको टोली बीच आज छलफल भएको छ ।

 निर्माणाधीन मझगाउँ विमानस्थलका लागि दक्षिणतर्फ रहेको नेपाली सेनाको केही भाग जग्गा आवश्यक पर्ने भएकाले सोका लागि सहजीकरण गरिदिन कांग्रेस प्रमुख सचेतक लेखक सहितको टोलीले मन्त्री उप्रेतीलाई ध्यानाकर्षण गराएको छ ।

Navadurga sun

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका लेखकको टोलीमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र बेदकोट नगरपालिकाका नगर प्रमखु भोजराज बोहराको समेत सहभागिता रहेको थियो ।

लेखकका स्वकीय सचिव जनक भट्टले मन्त्री उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मा सहित भएको छलफल सकारात्मक रहेको बताए । “मन्त्री र प्रधानसेनापति सँगको छलफलका क्रममा उनीहरूले विमानस्थल स्तरोन्नतिका लागि सहयोग गर्छौ भनेका छन्”, भट्टले भने, “यो प्रक्रियागत अल्झन फुकाउन नेता लेखक सक्रिय छन् ।”

केही समय अघि स्थानीयले विमानस्थलका लागि मझगाउँस्थित रत्न वाटिका खाली गराएका थिए । विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि पहल थालिए पनि उक्त कार्य पूरा नहुँदा निर्माणमा बाधा पुगेको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...