कैलाली कञ्चनपुर बाट ५ लाख बराबरको अवैध समान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट झन्डै ५ लाखका भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगर,  धनगढी–२ ट्राफिक चौराह नजिक, धनगढी–३ बडारा र टीकापुर नगरपालिका–७ बेलुवा चोकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ५९ हजार ९३० मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

उक्त मूल्य बराबरको प्याज, चिनी, सुटपिस, सिद्रा माछा, तरभुजा, एक हल गोरु र डल्लब लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४, भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक, पुनर्वास नगरपालिका–१ ढक्का र लालझाडी गाउँपालिका–६ चान्देउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ९ हजार ३३१ बराबरको सामान बरामद गरिएको हो । दुई जिल्लाबाट झन्डै ४ लाख ६९ हजार २ सय ६१ मूल्य बराबरको सामान सोमवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...