Division ban Pahalmanpur

नेपाली सुपरस्टार विराज भट्टको फिल्म ‘१२ गाउँ’ को छायांकन सुरु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

विराज भट्टको फिल्म ‘१२ गाउँ’को छायांकन सुरु भएको छ । सोमबार बिहान शुभमुहूर्त गर्दै ललितपुरको हात्तीवनबाट फिल्म सुटिङ सुरु गरिएको हो । सेटमा विराज सहित उनका छोरा समीर र अन्य मुख्य कलाकार देखिएका छन ।

Malpot office jogbudha

समीर सहित पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र सनिशा भट्टराईले यसै फिल्मबाट डेब्यु गर्दै छन् । महेश पौडेलले खिचिरहेको फिल्मको सुटिङ ४५ दिनसम्म चल्नेछ । फिल्ममा सुलेमान शंकर (इकु), कालु राना, सन्तोष सरकार लगायतले अभिनय गर्नेछन् ।

ललितपुर सहित वीरगन्ज, हेटौँडा लगायत स्थानमा फिल्मको सुटिङ गरिनेछ । एक्सन थ्रिलर जनरामा बन्ने फिल्मको कथा र पटकथा सन्तोष सरकारले लेखेका हुन् । विराजले ४ वर्ष पछि दोस्रो फिल्म निर्माण र निर्देशन गर्न लागेका हुन् । पहिलो पटक विराजले २०७६ सालमा फिल्म ‘साङ्लो’ बनाएका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...