कैलालीको अत्तरियामा एसइई फुटबल कप सुरु

अत्तरिया- कैलालीको अत्तरिया आज (सोमबार) देखि एसइई फुटबल कप २०८१ सुरु भएको छ । त्रिनयन नेपाल र मानाङ्क फाउन्डेसन नेपालको आयोजना र अत्तरिया टेक्निकल कलेजको सह-आयोजकको रुपमा रहेको छ । 

कार्यक्रम त्रिनयन नेपालका संस्थापक अध्यक्ष, शान्ती टोल  विकासका अध्यक्ष, डिएमसी कलेजका एच आर म्यानेजर जय बहादुर धामीको सभाध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट प्रमुख अतिथि रहेका थिए । 

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि रहेका भट्टले खेल जगत मान्छेलाई विश्व सामु चिनाउन सफल भएका छन, राष्ट्र र आफ्नो स्वास्थका लागि खेलकुदलाई प्राथमिकता दिएर खेल खेल्न आग्रह समेत गरेका छन । उनले भने जित हार भन्ने कुरा तपसिलका कुरा रहेको बताउँदै खेल अनुशासन तथा पर्यादित तरिकाले खेल्न समेत आग्रह गरे । 

Dadeldhura hospital

प्रतियोगिताको कार्यक्रममा बोल्नु हुँदै त्रिनयनका संस्थापक अध्यक्ष धामीले यस्तो किसिमको प्रतियोगिताले समयको सही सदुपयोग गराउन युवाहरूलाई कुलतबाट जोगाउन, स्थानीय स्तरमा रहेका खेलप्रेमी युवाहरूलाई प्रोत्साहनका साथै उनीहरूको व्यक्तित्व विकास, नेतृत्व विकास गराउने उद्देश्यले आयोजना गर्न लागिएको धामीले बताए ।

आज सोमबारबाट सुरु भएको प्रतियोगिता जेठ १५ गते सम्म संचालन प्रतियोगितामा एसइई सम्मका विद्यार्थी सहभागी हुने त्रिनयन नेपालका संस्थापक अध्यक्ष धामीले बताए । उनले प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहने समेत बताए । उक्त प्रतियोगिता वनदेवी युवा क्लब तेघरीको खेल मैदानमा संचालन गरिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार ३०, द्वितीय पुरस्कार २० हजार २० र उत्कृष्ट गोलकर्ता र गोलकिपरलाई ३/३ हजारका दरले पुरस्कार दिइने जनाइएको छ । प्रतियोगिताको प्रायोजकमा एभरेष्ट मल्टिपल क्याम्पस, सहप्रायोजकमा बालमिकि इन्टरनेसनल स्कुल, जे.जे. ट्रेडर्स एण्ड सप्लायर्स, एजुकेसन पाटनरमा सत्यवती एकेडेमी, बैंक पार्टनरमा मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अफिसियल पार्टनरमा नेक्सु कर्नर, थापा व्रदर प्रिन्टिङ एण्ड टच हब, डिएमसी होटेल म्यानेजमेन्ट लगायतका विभिन्न संघसस्थाहरु सँग सहकार्य गरिएको आयोजकले जनाएको छ ।

Loading...