धनगढी- कैलालीमा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । जानकी गाउँपालिका ६ स्ववर्णपुर स्थित डुडेझारि सडक खण्डबाट सोही ठाउँ बस्ने २७ वर्षीय अमृत थापा ३०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित आइतवार पक्राउ परेका हुन् ।
यसैगरी आइतवारनै धनगढी उपमहानगरपालिका त्रिभुवनचोकबाट सोही ठाउँ बस्ने १७ र १८ वर्षीय किशोरलाई १०० मिलिग्राम लागूऔषध पक्राउ गरिएको छ । तीनै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।