Division ban Pahalmanpur

अतिक्रमित जग्गा खाली गर्न चल्यो डोजर

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा १० बिघा अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइएको छ । भीमदत्त नगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएको भौतिक संरचनाहरू खाली गर्न डोजर चलाइएको हो ।

भीमदत्त नगरपालिकाको बसपार्क क्षेत्रमा अतिक्रमणमा परेको १० बिघा जमिन खाली गर्न शनिवारदेखि डोजर प्रयोग गरिएको नगरपालिकाले बताएको छ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिमा विभिन्न समयमा बनेका अध्यक्षहरुले बसपार्क क्षेत्रको जग्गा अवैध रूपमा भाडामा वितरण गरेका थिए ।

Malpot office jogbudha

नगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन पटक-पटक पत्राचार गर्दा पनि अटेर गरेपछि शनिवार देखि डोजर चलाउन थालिएको हो ।

भीमदत्त नगरपालिकाका प्रवक्ता पदम राज अवस्थीका अनुसार उक्त क्षेत्रमा ३ सय ७३ वटा भौतिक संरचनाहरू निर्माण गरिएका छन् । २ सय ५५ वटा संरचना पक्की पिल्लरसहित निर्माण गरिएका छन् । पहिलो चरणमा लालपुर्जा खारेज भएका १ सय ९० बटा र २३ वटा गरेर २ सय १३ वटा लालपुर्जामा बनेका संरचनाहरू खाली गरिने लागेको हो ।

आइतवार पनि उक्त क्षेत्रमा डोजर चलेको नगरपालिकाले बताएको छ । भीमदत्त नगरपालिकाले घर-टहरा भने एक सातापछि मात्रै भत्काइने बताएको छ । नगरपालिकाका अनुसार सार्वजनिक जग्गामा घर-टहरा बनाएका व्यक्तिहरूलाई अन्तिम पटक सूचना जारी गर्ने तयारी भएको छ ।

विशेष अदालतले महेन्द्रनगर नगर विकास समितिको जग्गा बिक्री प्रकरणमा तत्कालीन अध्यक्ष र कर्मचारी सहित ८ जनालाई दोषी ठहर गर्दै कैद र जरिबाना सजाय तोकेको थियो । अदालतले विभिन्न समयमा बिक्री भएको जमिन नगर विकासका नाममा फिर्ता गर्न समेत आदेश गरेको छ । नगर विकासको जग्गा भाडामा लिएर संरचना बनाएका व्यवसायीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट पनि अदालतले खारेज गरिदिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...