कैलाली र कञ्चनपुरमा अवैध सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहनगरपालिका-.२ र ३ ट्राफिक चौराह, राष्ट्र बाणिज्य बैक चोक डिके आयल नजिक, भजनी नगरपालिका-५ हलौनाघाट, पहलमान र कैलारी गाउँपालीका-४ हनुमान मन्दिर नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब एक लाख, ८० हजार छ सय ३० बराबरको प्याज, चिनी मिश्री, बिडी, सुर्ती, चक्लेट, अचार, मिठाई, साबुन, प्लाष्टिक झिल्ली, डोरी, पेय पदार्थ, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी कञ्चनपुरका दुइ स्थानबाट अवैध सामान बरामद गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ जमुनाभाडी र बेलौरी नगरपालिका-२ बैजुडाडार दिनापुरबाट भारतबाट भन्सार छलि गरि ल्याएका करिब ५० हजार आठ सय ७० मूल्य बराबरको प्याज, चिनी, पेय पदार्थ, इलाष्टिक, चक्लेट, गुड, लेडिजकुर्ता, धोती, पाईन्ट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

Loading...