Division ban Pahalmanpur

कञ्चनपुरबाट प्रहरीले चार लाख मुल्यको सामान बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरबाट प्रहरीले चार लाख मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ९० हजार ९५०, इलाका प्रहरी कार्यालय ब्रम्हदेवले १८ हजार मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको जनाएको छ ।

Malpot office jogbudha

यस्तै प्रहरी चौकी झिलमिलाले अन्दाजी ५ हजार ७२०, प्रहरी चौकी परासनले २५ हजार ५ सय र प्रहरी चौकी टेडुवाले ३२ हजार ८७० गरी अन्दाजी ३ लाख ७३ हजार ४० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।

बरामद गरेको सामानमा एक थान मोटरसाइकल, पानछाप सुर्ती, प्लाष्टिक, दाल, मिठाई, मिश्री, चिनी, गाडीको वासर, हेण्ड बक्स, प्याज, नमकिन, लेडिज कुर्ता, चामललगाएतका सामान रहेका छन् । बरामद गरेको सामान कारवाहीका लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...