सुदूरपश्चिमका बिभिन्न ठाउँबाट १३ लाखको अवैध समान बरामद

धनगढी- सुदूरपश्चिमका बिभिन्न स्थानबाट करिब १३ लाख बराबरको अवैध सामान बरामद गरिएको छ । शुक्रबार र शनिबार कैलाली, कञ्चनपुर र बैतडीबाट अवैध सामान बरामद गरिएको हो । शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिका -२ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका -९ त्रिवेणीघाट र टीकापुर नगरपालिका -८ बटनपुर बाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ६० हजार ७७० मूल्य बराबरका सामान बरामद गरिएका छन । जसमा प्याज, चिनी, पानी तान्ने मोटर, मिठाई, प्लास्टिक झिल्ली लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शुक्रबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका -१ भासि, भीमदत्त नगरपालिका -१० विद्युत कार्यालय नजिक, पुनर्वास नगरपालिका -११ डोकेबजार, गुम्बा र बेलडाँडी गाउँपालिका -३ बलराम टोलबाट अवैध रुपमा भारतबाट भन्सार छलि ल्याएका अन्दाजी ३ लाख ४० हजार २ सय ३० रुपैयाँ बराबरमा सामान बरामद गरिएको छ । जसमा प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, चप्पल, अचार, चामल, नरिवल, फिल्टर, कट्टु, भेष्ट माला, सुटपिस, खुर्सानी, तिल, तावा, प्लास्टिक झिल्ली, गाडीको क्लोज पिलेट, सिघ्रा मिक्सर मोटर, इलेक्ट्रीक मधानी मेसिन, बोईलर कुखुरा लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैबीच शनिबार बिहान कञ्चनपुरकै पुनर्वास नगरपालिका -८ मोतियाघाट बाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ८ लाख ६३ हजार ९ सय मूल्य बराबरको अवैध बोईलर कुखुराको चल्ला ५८ कार्टुन, बिना नम्बर पिलेटको ट्याक्टर सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा स्थानीय ट्याक्टर चालक रमेश राना, प्रमोद राना र बसन्त राना रहेको प्रहरीले जनाएको छ ।

उता शुक्रबार बैतडीको दशरथचन्द नगरपालिका -५ कलवाड मोड स्थित गोठालापानी झुलाघाट सडक किनाराबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १३ हजार ७ सय ९० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । जसमा चिनी, मिश्री, मिठाई, आटा लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Loading...