गोदावरी नगरको हरैयामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–६ हरैयामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । हरैया स्थित शिव शक्ति बालुवा प्रसोधन केन्द्रमा रोकिएको ट्याक्टर अचानक आफै पछाडि सर्दा चाकल गोदावरी नगरपालिका–८ का अन्दाजी १८/१९ वर्षीय दिनेश बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बालुवा प्रसोधन केन्द्रमा सुपप्र ००–१००२ त ४०२१ नम्बरको ट्याक्टरमा जोडिएको पानी ट्याक्टरको पछाडिको भाग भारी हुँदा ट्याक्टर अचानक पछाडि सरेको थियो ।

ट्याक्टर पछाडि सर्दा ट्याक्टरको पछाडि रहेको पानी ट्याङ्की र मेसिनको बिचमा च्यापिँदा दिनेशको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...