धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र टीकापुर नगरपालिका–९ पुरानो भन्सार कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख २५ हजार २ सय मूल्य बराबरको सामान बरामद गरिएको छ ।
उक्त मूल्य बराबरको चिनी, बच्चाको समिज, सुटपिस, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालबाट ३० हजार ४९० मूल्य बराबरको मिश्री, धानको बिउ, चरी घाँसको बिउँ र भाडा धुने साबुन लगायतका सामान वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बुधवार फेला पारी नियन्त्रणमा लिएको छ ।