आगामी बजेटमा सुदूरपश्चिमको असन्तुलन अन्त्य गछौँ : मन्त्री भण्डारी

अत्तरिया- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा गरेको अवरोधका कारण महत्वपूर्ण कुरा ओझेलमा परेको बताएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसले अनावश्यक खिचातानी गरेको बताउँदै मन्त्री भण्डारीले प्रतिनिधिसभा सञ्चालन गरेर पनि त्यो विषयको समाधान निकाल्न सकिने बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रेस चौतारी कैलालीले बुधबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले संसद सुचारु गरेर पनि कांग्रेसले उठाइरहेको मुद्दा उठाउन सकिने तर कांग्रेसले अनावश्यक बखेडा गरिरहेको टिप्पणी गरे । यही कारण प्रतिनिधिसभामा उठाउन गर्नैपर्ने धेरै महत्वपूर्ण कुरा ओझेलमा परेको उनी बताउँछन् ।

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेर जुन विषय उठाइरहेको छ । त्यो संसद सुचारु गरेर पनि उठाउन सकिन्छ । संसदमा वार्ता, संवाद र छलफलबाट समस्या समाधान गर्न सकिन्छ,’ भण्डारीले भने, ‘त्यो सम्भावना हुँदाहुँदै एउटा व्यक्ति केन्द्रित गरेर बखेडा निकालिएको छ । कांग्रेस जनजिविकाका सवालमा प्रवेश गर्नुपर्नेमा मौन छ । सत्ता बर्हिगमनका पीडा बोध गरिरहेको छ । यो उपयुक्त होइन ।’

कांग्रेस व्यक्ति केन्द्रित हुँदा संसदमा उठाउनु पर्ने अन्य महत्वपूर्ण विषय ओझेलमा परेको उनको भनाई थियो । भण्डारीले संकल्प प्रस्ताव ल्याएर वा कानुन नै बनाएर सहकारीका समस्या समाधान गर्न सकिने विकल्प रहेको पनि बताएका छन् । सरकारले मंगलबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण आयोजनालाई प्राथमिकता दिइएको समेत बताए । उनले आगामी वर्षको बजेटमा विगतमा हुने गरेको असन्तुलन अन्त्य गर्ने गरि ल्याउने तयारी पनि सरकारको रहेको उल्लेख गरेका छन् ।

‘नीति तथा कार्यक्रममा महाकाली करिडोर, सेती लोकमार्ग, दोधाराचाँदनी सुक्खा बन्दरगाह सञ्चालन, शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, वेतन कर्णाली, पश्चिम सेती परियोजनालाई प्राथमिकतामा राखिएको छ,’ भण्डारीले भने, ‘अबको बजेट सुदूरपश्चिम प्रदेशमा असन्तुलन अन्त्य गरि बजेट ल्याइने छ ।’

Loading...