Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–७ कालोपुलबाट शुक्लाफाँटा नगरपालिका–१ वन्साह बस्ने २१ वर्षीय पारश बिष्ट र १८ वर्षीय किशोर ०.२३ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित पक्राउ परेका हुन् । यी दुबै जनाको साथबाट मोटरसाईकल १ थान समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै बेलौरी नगरपालिका–६ नकैयाबाट कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बस्ने २५ वर्षीय समिर बसुवालाई २.५६ ग्राम खैरो हेरोईन सहित नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ । खैरोहेरोईन सहित मंगलबार तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जनाइएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...