Satyawati
Division ban Pahalmanpur

कञ्चनपुर प्रहरीले ३ लाख ८८ हजारमा ६ वटा जिपको लिलाम बिक्री गर्दै

Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुर प्रहरीले ६ वटा जिपको लिलाम बिक्री गर्दैछ। प्रहरीले सूचना नै जारी गरेर विभिन्न मितिमा खरिद गरिएका विभिन्न ब्राण्डका जिपको लिलाम बिक्री गर्न लागेको हो । बा १ झ ७३९७ नम्बरको २०६३ चैत १३ गते खरिद गरिएको टाटा टल्कोलाइन पिकअप जिपको न्युनतम मूल्य ६८ हजार राखेर लिलाम बिक्री गरिन लागेको छ ।

Malpot office dadeldhura

त्यस्तै बा १ झ ७३६५ नम्बरको २०६४ चैत ९ गते खरिद गरिएको टाटा टल्कोलाइन पिकअप र बा १ झ ७३८१ नम्बरको २०६४ चैत ९ गते नै सुरु खरिद मिति रहेको टाटा टल्कोलाइन पिकअप जिप कञ्चनपुर प्रहरीले लिलाम बिक्री गर्न लागेको हो । ती तीनवटै जिपको मोडल २००७ रहेको छ । प्रति जिप ६८ हजार गरेर तीनवटै जिपको न्युनतम लिलाम बिक्री मूल्य दुई लाख चार हजार तोकिएको छ ।

लिलाम बिक्रीमा राखिएका तीनवटै जिप दर्ता हुने समेत प्रहरीले जनाएको छ । त्यस्तै ना १ झ ८५४ नम्बरको २०६३ फागुन ९ गते खरिद गरिएको टाटा टल्कोलाइन पिकअप जिप र बा १ झ ७३७७ नम्बरको २०७४ फागुन ३० गते खरिद गरिएको टाटा टल्कोलाइन पिकअप जिप पनि लिलाम बिक्री गरिन लागेको छ । यी दुबै जिप पनि दर्ता हुने प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

बा १ झ ६२५३ नम्बरको २०५९ जेठ १५ गते खरिद गरिएको माज्दा पिकअप जिप पनि लिलामी बिक्रीका लागि सूचना जारी गरिएको छ । उक्त जिप भने दर्ता नहुने प्रहरीले जनाएको छ । यी तीनवटै जिपको न्युनतम मूल्य १ लाख ८४ हजार १ सय १० रुपैयाँ कायम गरिएको छ । प्रहरीले तीन लाख ८८ हजार ६ सय १० रुपैयाँ न्युनतम मूल्य राखेर ६ वटा जिपको लिलाम बिक्री गर्न सूचना जारी गरेको छ । साथै यस अघि प्रहरीले मोटरसाइकल लिलाम बिक्रीका लागि पनि सूचना जारी गरिसकेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...