Satyawati
Division ban Pahalmanpur

महेन्द्रनगरमा मझगाउँ विमानस्थल निर्माण, अब रनवे २५ सय मिटर हुने

Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माण हुँदैछ । विमानस्थलको रनवे एक हजार पाँच सय २५ मिटरबाट बढाएर २ हजार ५ सय मिटर बनाउने गरी काम भइरहेको हो ।

लामो समय बन्द रहेको विमानस्थललाई सञ्चालनमा ल्याउन निर्माणको काम भइरहेको हो । ४५ करोड ६६ लाख २४ हजार ७ सय १४ रुपैयाँ खर्चेर २५ सय मिटर लामो रनवे सहितका संरचना निर्माण हुनेछन् । अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले अवरोध गरेको स्थानमा डोजर लगाएर काम सुरु गरिएको छ ।

Malpot office dadeldhura

गत वर्ष निकुञ्ज प्रशासनले सेना लगाएर काम अवरोध गरेको रत्न बाटिका क्षेत्रमा डोजर लगाएर पुनः काम सुचारु गरिएको हो । सोमबार विमानस्थल निर्माणको जिम्मा पाएको कान्छाराम कुमार श्रेष्ठ एन्ड कम्पनी जेभीले डोजर लगाएर एक वर्षदेखि रोकिएको काम सुरु गरेको छ ।

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले निकुञ्ज प्रशासनले झन्डै ३ सय ४० मिटर लम्बाइ क्षेत्रमा नेपाली सेना लगाएर काम अवरोध गरेको बताए । अहिले निर्माण कम्पनीका डोजर मार्फत माटो भरानको काम सुरु गरिएको उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले भने निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा पर्ने रत्न बाटिकाको भोगाधिकार सहित इआइए गरेर काम गर्नुपर्ने जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी मनोज ऐरले भोगाधिकार विनै काम सुरु गर्न थालेपछि रोकिएको र निकुञ्ज कार्यालयले सो विषयमा रायसहित मन्त्रालय पठाएको बताए । २७ वर्ष नियमित सञ्चालन भएर २२ वर्षसम्म बन्द रहेको मझगाउँ विमानस्थल २०७८ देखि निर्माण कार्य सुरु भएको थियो ।  विमानस्थल २०३० सालदेखि २०५६ सालसम्म सञ्चालनमा रहे पनि सरकारले सुरक्षाको कारण देखाएर २०५६ सालदेखि २०८१ हालसम्म बन्द रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभागले ४५ करोड ६६ लाख २४ हजार ७ सय १४ रुपैयाँमा रनवे सहितका अन्य कार्यका लागि कान्छाराम केएस उमा एन्ड कम्पनी जेभीलाई ठेक्का दिएको छ । झन्डै ६६ बिघा क्षेत्रफल र १५ दशमलव २५ मिटर लम्बाइ रहेको विमानस्थल तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा विमानस्थल निर्माण हुनेछ । हाल सम्म झन्डै ९६० मिटर रनवेको बेस तयार भइसकेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...