Satyawati
Division ban Pahalmanpur

कैलाली र कञ्चनपुरबाट ३ लाख बढीका सामान बरामद

Purbadhar dadeldhura

धनगढी- कैलाली र कञ्चनपुरबाट ३ लाख बढीका सामान बरामद गरिएको छ । कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–४ बसपार्क र गोदावरी नगरपालिका–१ धनगढी रोडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ७८ हजार ३ सय मूल्य बराबरको सामान बरामद गरिएको छ ।

Malpot office dadeldhura

उक्त मूल्य बराबरको वाटर पम्प (गाडीको पार्ट ), ईनभटर, बच्चाको मोजा, जेन्स मोजा, स्कुटर थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवा जाने बाटोबाट र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट १ लाख ४७ हजार ४८० मूल्य बराबरको सामान बरामद गरिएको छ ।

कञ्चनपुरबाट लेडिज सुट, जेन्स टि–सर्ट, कपडा, कस्मेटिकका सामान, कुलर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...