कैलाली यू-१६ ईन्टर स्कुल क्रिकेट शुरु: मणिलेक र वेस्टर्न विजयी

बैतडी- धनगढीमा शुरु कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा पहिलो दिन मणिलेक इन्टरनेसनल स्कुल र वेस्टर्न क्रिस्टल एकेडेमी विजयी भएका छन् । उद्घाटन खेलमा मणिलेकले सत्यवती एकेडेमी माथि ७ विकेटको जित निकाल्याे

जितका लागि पाएकाे ५७ रनकाे झिनाे लक्ष्य मणिलेकले ६.३ ओभरमा ३ विकेटको क्षति पूरा गर्याे । जसमा निश्चल क्षेत्रीले अविजित ३० रनकाे याेगदान गरे । उनी खेलका म्यान अफ द म्याच समेत चुनिएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयो।

त्यस अघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेको सत्यवती १३.१ ओभरमा ५६ रनमा समेटियो । उसका अमन कडायतले सर्वाधिक १४ रन बनाए पनि अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । मणिलेकका राजेश ठगुन्नाले ३ विकेट लिए । यस्तै अर्काे खेलमा खेलका कैलाली माेडेल स्कुललाई २०६ रनकाे भारी अन्तरले हराउदै वेस्टर्नले सुखद सुरुवात गरेको छ ।

वेस्टर्नले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएकाे माेडेल स्कुल ८ ओभरमा ३० रनमा अलआउट भयाे । उसका कुनै पनि ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । वेस्टर्नका लागि सन्देश पाैडेल र दीपक कुडमलले ४/४ विकेट झारे ।
यस अघि पहिला ब्याटिङ गरेकाे वेस्टर्नले १५ ओभरमा २ विकेटको क्षतिमा २३६ रन हिर्कायाे । जसमा म्यान अफ द म्याच समेत भएका शंकर बाेहराले शतकीय पारी खेल्दै ११९ रन बनाए । यस्तै आकाश चाैधरी अविजित ८२ रन जाेडे । यी दुबै ब्याटरले १६८ रनकाे ओपनिङ साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । यस अघि प्रतियोगिताकाको एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको आयोजक कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो ।  

प्रतियोगिताको उद्घाटन फाप्ला अन्तराष्ट्रिय खेल ग्राम पूर्वाधार विकास परियोजनाका अध्यक्ष सुवास विक्रम शाहीले गर्नुभयो । उद्घाटन कार्यक्रममा कैलाली जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष रतन कठायत, सु.प.क्रिकेट विकास समितिका सदस्य वावुराजा श्रेष्ठ, सु.प.क्रिकेट विकास समितिका छनौट समितिका प्रमुख दिपेन्द्र भण्डारी, कैलाली जिल्ला क्रिकेट संघका सचिव देव नारायण झा, कोषाध्यक्ष बिनोद लामा सदस्यहरु लोक बहादुर खड्का, दिनेश मह्रर्जन , पदम बहादुर सिंह, ज्ञानेन्द्र छेत्री , सुप क्रिकेट का छनोट सदस्य महेश अधिकारी, स्कोरर नूरैन अन्सारी सम्पूर्ण पदाधिकारी एवम् सदस्यज्यूहरू, खेल पत्रकार, जिल्ला क्रिकेट संघका प्राविधिकहरु, खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा शुरु भएकाे प्रतियोगिता जेष्ठ १२ गते सम्म सञ्चालन हुनेछ ।

Loading...