


धनगढी- कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका एक युवक लागूऔषध सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाको बरपिपल गल्लीबाट विकास कट्टेललाई पक्राउ गरेको हो ।


उनको कोठामा चेकजाँच गर्दा लागूऔषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ १ (एक) ग्राम फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



