Satyawati
Division ban Pahalmanpur

कञ्चनपुर घर भई भारतमा होटल संचालन गरिरहेका एक पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुर घर भई भारतमा होटल संचालन गरिरहेका एक जना पक्राउ परेका छन् । अदालतको फैसलाले जरिवाना ठहर भई फरार रहेका भीमदत्त नगरपालिका–६ घर भई हाल भारतको पिथौरागढमा होटल संचालन गरी बस्दै आएका ५० वर्षीय जनकराज जोशी पक्राउ परेका छन् ।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय र २ हजार जरिवाना ठहर भई फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतको पिथौरागड बाट शुक्रवार जोशीलाई पक्राउ गरेको बताएको छ । उनी माथी थप अनुसन्धान भैरहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...