


अत्तरिया- कैलालीको अत्तरियामा रहेको थ्रिडिभिएल बहुउद्देश्यीय सहकारी संस्थाले अत्तरियामा जुस सेन्टर सञ्चालनमा ल्याएको छ ।


संस्थाले शुक्रबार थ्रिडिभिएल जुस सेन्टरको उद्घाटन गरेको हो । करिब १० लाखको लगानीमा सञ्चालनमा आएको जुस सेन्टरमा ताजा फलफूलको जुस सहित लसी, कफी सहित पाईने थ्रिडिभिएल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपक ओझाले बताए । त्यस्तै नायल कृषि सहकारी संस्था र थ्रिडिभिएलको सहकार्यमा दुग्ध विकास केन्द्र स्थापना पनि गरिएको छ ।

