Satyawati
Division ban Pahalmanpur

कैलालीको अत्तरियामा भेट्रान कप क्रिकेट प्रतियोगिताको अक्सन सम्पन्न

Purbadhar dadeldhura

अत्तरिया-  कैलालीको अत्तरियामा आगामी जेठ २ गते देखी सुरु हुन गैरहेको भेट्रान कप क्रिकेट प्रतियोगिताको अक्सन सम्पन्न भएको छ । बिहीबार अत्तरिया स्थित नमस्ते होटलको पार्टी प्यालेसमा आयोजना भएको अक्सन सम्पन्न भएको हो । 

प्रतियोगितामा सहभागि ९ वटा टिमहरुले अक्सन मार्फत ३/३ वटा खेलाडीहरू खरिद गरेका छन । जसमा अत्तरियामा रहेको कैनोडा सप्लायर्सले सबै भन्दा बढी रकम खर्च गरेको छ । कैनोडाले ३ वटा खेलाडीहरू खरिद गर्नका लागि ४३ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै गेटा ब्लास्टरले भने सबै भन्दा कम रकममा ३ वटा खेलाडी खरिद गरेको छ । उसले ३ वटा खेलाडी खरिद गर्नका लागि १५ हजार रुपैयाँ खर्च गरेको छ ।

Malpot office dadeldhura

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी म्यान अफ द सिरिज लाई १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने वेस्ट ब्याट्सम्यानलाई नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

वेस्ट बलरलाई नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक खेलका म्यान अफ द म्याचलाई १ हजार ५ सय बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका खेलहरू टि २० फर्मेटमा टेनिस बलद्वारा खेलाइने प्रतियोगिताका खेल संयोजक रजत शाहीले बताए । बनखेत स्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुने प्रतियोगिताको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...