Satyawati
Division ban Pahalmanpur

बझाङ उपनिर्वाचन बाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

Purbadhar dadeldhura

धनगढी- बझाङ प्रदेश (१) मा भएको उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीम बहादुर भण्डारीले बिहिबार धनगढीमा उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

Malpot office dadeldhura

गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वी बहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।

Dadeldhura Aspatal & Ban
Loading...