कञ्चनपुर- कर्तव्य ज्यान मुद्दामा फरार दुई महिला कञ्चनपुरमा पक्राउ परेका छन् । २०७७ बैशाख १६ गते ती दुबै महिलालाई पक्राउ गर्न जिल्ला अदालत कञ्चनपुरले पक्राउ पुर्जी जारी गरेको थियो ।
सोही पक्राउ पुर्जीका आधारमा कृष्णपुर नगरपालिका–४ की २६ वर्षीया पार्वती सार्की र सोही स्थानकी ३४ वर्षीया रितु सार्कीलाई पक्रा गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले दुबै महिलालाई नियन्त्रणमा लिएको हो । अहिले ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।