खप्तडबाट फर्किएर साइकल यात्रा डोटीको झिक्राना पुगेर सम्पन्न

डोटी- डडेल्धुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरू मंगलबार बिहान भूस्वर्गका रुपमा रहेको खप्तड बाट फर्किएर डोटीको झिक्राना पुगेका छन् ।

Ganyapdhura gau

पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधारु भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा २०८१ का साइकल यात्री बिहान खप्तड बाट फर्किएर झिक्राना पुगेका हुन् । अमरगढी किल्लाबाट साइकल चढेरै उनीहरु डोटीको झिक्राना रुट हुँदै ३ दिनमा खप्तड पुगेर तेहि रुट हुँदै फर्किएका हुन् ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यान्वयन कार्यक्रमको प्रायोजनमा सि के रिचर्स एन्ड ग्रिनरी प्रोमोसन प्रालि गोकर्णेश्वर काठमाडौँको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा २०८१ सुरु गरिएको थियो ।

Dadeldhura hospital

डडेल्धुराको अमरगढी किल्लाबाट २१ गते सुरु गरिएको साइकल यात्रा २५ गते बिहान १० बजे झिक्राना पुगेर यात्राको समापन गरिएको थियो । कार्यक्रममा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमेसन प्रा लि काठमाडौँका प्रमुख छिन्डुम मेनक्पा भोटेले साइकल यात्रीहरूलाई गाइड गरेका थिए ।

खप्तडको त्रिवेणीधाम पुगेका सहभागीहरू मध्यका सबै भन्दा कान्छा साइकल यात्री कञ्चनपुर महेन्द्रनगरका १४ वर्षीय रमित भट्टले भने आफुले आज भन्दा २ वर्ष अघि मेची महाकाली साइकल यात्रा गरि सकेको तर खप्तड साइकल यात्रा पहिलो रहेको , खप्तड को बारेमा जे सुनिएको थियो त्यो प्रत्यक्ष रुपमा देख्न पाउँदा खुसी भएको बताए ।

त्यस्तै साइकल यात्रामा सहभागी रहेका नवलपुर जिल्ला कावासुती सङ्गिता घलेले भनिन सुदूरपश्चिममा पर्यटनको थुप्रै सम्भावना रहेको छ । भु स्वर्गको रुपमा चिनिएको खप्तडमा अझै व्यवस्थित हुन जरुरी छ , यहाँ आन्तरिक तथा बाह्य पर्यटनहरु खप्तड पुग्दा बिरामी हुने हुँदा उपचार केन्द्र, बस्नका लागि बासको ब्यवस्था भए अझ राम्रो हुने बताए । आफुले खप्तडमा विभिन्न थरिका गुराँस फुलेको, विभिन्न जातीका बन्यजन्तु देखेको, विभिन्न प्रजातिका वनस्पतिहरू देख्न पाएको, जादा साइकल चलाउन नमिल्ने ठाउँमा बोकेर लाँदाको दुख खप्तड पुगे पछि खुशीमा परिणत भएको बताए ।

अन्तर्राष्ट्रिय साइकल यात्रामा भारत तथा नेपालका विभिन्न स्थानका ४५ जना साइकल यात्रीहरू सहभागी रहेका थिए । कार्यक्रमको समापन गर्दै सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको पर्यटन इकाई कार्यन्वयन इकाइका निमित्त प्रमुख डबल बहादुर बोहोराले सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा यस्ता पर्यटन निकासका लागि सिर्जनात्मक काम गरि रहने, सुदूरपश्चिम प्रदेशलाई पर्या पर्यटन विकास गर्दै यहाँ रैथाने खाना, कला सांस्कृतिक, प्राकृतिक, रहनसहनलाई प्रचारप्रसार गरि पर्यटन भित्र्याउने कार्यक्रम गर्ने बताए ।

Couple
Loading...