गोदावरी ४ को बसन्तपुर खोलामा निर्माणाधीन कल्भर्टको निर्माण कार्य सम्पन्न 

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वार्ड नं ४ को बसन्तपुर खोलामा निर्माणाधीन कल्भर्टको निर्माण कार्य सम्पन्न भएको छ । २२ लाखको स्टिमेटमा निर्माण हुने भनिएता पनि उक्त रकमबाट घटाएर १५ लाख नगरपालिकाले दिएको बजेटबाट कल्भर्ट बनाइएको हो । भने १ लाख ६९ हजार ४ सय ६८ रुपैयाँ श्रमदान दिएको थियो । कल्भर्टको कुल लागत १६ लाख ६९ हजार ४ सय ६८ रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको हो । 

२०८० फागुनबाट सुरु भएको निर्माण कार्य २०८१ बैशाख २४ मा सम्पन्न भएको हो । तीन पटक बजेट आइसकेको यस आयोजनामा पहिले ३  वर्ष अघि ८ लाख आएको र रकम कम भएकाले निर्माण कार्य नगरी रकम फ्रिज भएको दोस्रो पटक पनि १० लाख आउँदा काम नगरी फ्रिज भएको थियो भने अहिले तेस्रो पटक उक्त निर्माण कार्य सम्पन्न भएको हो ।

अहिले उपभोक्ता समितिलाई ५०-६० हजार घाटा लागेको र जाली पनि नपुगेको कल्भर्ट निर्माण समितिका अध्यक्ष प्रेम कडायतले जानकारी दिए । अहिले यस क्षेत्रमा नवनिर्मित कल्भर्टले पुरानो जीर्ण कल्भर्टबाट हुने दुर्घटना तथा जोखिमको अन्त भएको छ । 

Loading...