गौरीगंगा नगरपालिका बनवेहडामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

अत्तरिया- हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा–६, वनवेहडाको आयोजनामा सुदूरपश्चिम डेन्टल अस्पताल, इन्प्याक्ट नेपालको सहकार्य तथा गौरीगंगा वडा नम्बर ६ को कार्यालयको समन्वयमा १ दिने कान तथा दाँतको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सुदूरपश्चिम डेन्टल अस्पताल अत्तरिया र इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा कानको १०३ तथा दाँतको १२० जना गरि शिविरमा ३१६ जनाले सेवा दिएका हुन ।

Navadurga sun

शिविरको प्रमुख अतिथि गौरीगंगा नगरपालिका नगर प्रमुखले देबिदत्त कडेँलले एक कार्यक्रमका बीच उद्घाटन गरे । नगर प्रमुखले स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर फाउन्डेसनले काम गरिरहेको बताउँदै ज्येष्ठ नागरिक तथा बालबालिकाहरू देशको गहना हुन उहाँहरूको संरक्षण कार्यमा संस्थाले बढी जोड दिनुपर्ने औँल्याए । आगामी दिनहरूमा फाउन्डेसनले आयोजना गर्ने हरेक सामाजिक कार्यहरूमा सहकार्य गर्दै सहयोग गर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि खप्तड छान्ना गाँउपालिका अध्यक्ष जय बहादुर रोकायाले निःशुल्क कान तथा दाँत जाँच शिविर फाउन्डेसनले आयोजना गरेर आफ्नो स्वस्थ अवस्था बारे सेवाग्राहीले थाहा पाउने भन्दै धन्यवाद व्यक्त गरे ।

शिविरमा दाँतको जाँच गराएका बिरामीको उपचारमा २५ प्रतिशत सहुलियतमा उपचार पाउने डेन्टलका डा. रोशन भट्टले बताए। उक्त अवसरमा वडा अध्यक्ष टेक बहादुर कुँवर, आधारभूत स्वास्थ्य केन्द्र प्रमुख गणेश उपाध्याय, वडा सदस्यहरू, ईलाका प्रहरी कार्यालय प्रमुख, पूर्व वडा अध्यक्ष कमला शर्मा, अमर माध्यमिक विद्यालय, कैलाली भिजन स्कुल, भैरव प्रावि विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी तथा अभिभावकहरू र संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

हेमा श्री फाउन्डेसन नेपाल सामाजिक क्षेत्रमा क्रियाशील तथा बालबालिका, ज्येष्ठ नागरिक र अशक्त नागरिकहरूको संरक्षण गर्ने, उनीहरूको लागि पैरवी गर्ने सामाजिक संस्था हो । हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव चक्रजित रावलले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...