होटल संघ सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

धनगढी- होटल संघ नेपाल (हान) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा दिनेशराज भण्डारी चयन भएका छन् । संघका केन्द्रिय अध्यक्ष बिनायक शाहको सभापतित्वमा आइतबार साँझ भएको कार्यक्रममा साथी होटलका संचालक भण्डारी प्रदेश अध्यक्षमा चयन भएका हुन् ।

प्रदेशको ५ सदस्यीय शाखा गठन गरिएकोमा अन्य सदस्यमा चौलानी ग्रुपका प्रबन्ध निर्देशक मानसिंह साउद, फ्लोरा होटलका संचालक पुष्पराज कुंवर, होटल गंगोत्रीका संचालक जगदीश भट्ट र होटल डिभोटीका संचालक ज्ञानेन्द्र गुप्ता चयन भएका छन्। देशका सातै प्रदेशमा संघ विस्तार गर्ने अभियान रहेको हानका केन्द्रिय अध्यक्ष शाहले बताए ।

Loading...