खप्तडमा लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार

बझाङ- खप्तड घुम्न गएका बेला लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार गरिएको छ। लेक लागेर बिरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षीय ओम प्रकाश पनेरुको नेपाली सेनाले उद्धार गरेको हो ।

आफन्त सँग घुम्न आएका पनेरु बिरामी भएपछि खप्तड स्थित नेपाली सेनाको समरजित गुल्मलाई खबर गरिएको थियो । पनेरुको खप्तडमा प्राथमिक उपचार पछि नेपाली सेनाको टोलीले पाँच घण्टाको पैदल दुरीमा डोकोमा बोकेर खप्तडछान्ना गाउँपालिकाको दारुगाउँ सम्म पुर्‍याएको हो ।

Navadurga sun

‘दारु गाउँबाट थप उपचारको लागि गाडीमा चैनपुर पठाइएको छु, समरजित गुल्मका गुल्मपति दिपेश खड्काले बताए । अहिले बिरामीको अवस्था सामान्य रहेको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...