Satyawati
Division ban Pahalmanpur

बाजुराको स्वामीकार्तिकमा आगलागी हुँदा तीन घर जल्यो

Purbadhar dadeldhura

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशुचौपाया क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन् ।

Malpot office dadeldhura

गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट शुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियो। स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो । गत बिहीबार दिउँसो बुढीगंगा नगरपालिकास्थित सामुदायिक वनमा लागेको आगोले सोही पालिकाको वडा न ४ का मोहन नेपालीको घर जलेको थियो ।

आगलागीका घटना दैनिक बढ्दै गए तापनि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाले विपद् प्रतिकार्यमा कुनै चासो नदेखाएका तथा आफूहरूलाई सहयोग नगरेको आरोप पीडितले लगाएका छन् । रासस

Dadeldhura Aspatal & Ban
Loading...