Satyawati
Division ban Pahalmanpur

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Purbadhar dadeldhura

डडेल्धुरा-  डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडामा ट्याक्टर दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Malpot office dadeldhura

दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो ।धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् ।

उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको ट्याक्टर शनिवार राति करिब साढे १० बजे दुर्घटनामा परेको हो ।

Dadeldhura Aspatal & Ban
Loading...