धनगढी–स्याउले सडक कालोपत्र गर्ने काम सम्पन्न

धनगढी- धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ । योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडक खण्ड अन्तर्गत १० किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।

गत आर्थिक वर्षमा बजेट अभावका कारण सडक कालोपत्रको काम अघि बढ्न सकेको थिएन। सो सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि सडक कालोपत्र गर्ने काम सुरु भएको थियो ।

Navadurga sun

धनगढी–स्याउले सडक खण्ड अन्तर्गतको १० किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको र स्याउले–हाटखोली सम्म ३.४ किलोमिटरमा कालोपत्रको काम धमाधम भइरहेको उनले बताए । धनगढी–स्याउले सडकखण्ड १३ दशमलव चार र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए । उनका अनुसार चार खण्डमा सडक निर्माणको काम हुँदैछ ।

डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रको काम पनि धमाधम भइरहेको छ । धनगढी–स्याउले सडकखण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभी सँग २०७८ सालमा पीपल चौतारा देखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३.४ किलोमिटरमा कालोपत्र गर्न १६ करोड ४० लाखमा ठेक्का भएको इन्जिनियर रैखोलाले बताए ।

दिपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले सडकको काम गरिरहेको छ । वि.सं २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अघि बढ्न सकेको थिएन । वि.सं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्भे गरी ‘ट्र्याक’ खोल्ने काम गरिएको थियो ।

त्यस बेला खुटिया देखि दिपायल सम्म ८२ किलोमिटर सडक सर्भे भएकोमा पछि पूर्वपश्चिम राजमार्गको स्याउले–धनगढी सम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरमा काम भइरहेको आयोजना कार्यालयका इन्जिनियर रैखोलाले जानकारी दिए ।

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्ट ट्र्याक’ छोटो दूरी लगायत अन्य दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्यले गति लिन आयोजना कार्यालयले जनाएको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...