अत्तरिया- सुदूरपश्चिम राजधानी मेयर कप कञ्चनपुर को हिमाल फ्रेन्डस क्लब पुनर्बासले जितेको छ । बैशाख १४ देखि जारी प्रतियोगिता को फाइनल खेल शनिबार भएको थियो । पि एफ ए स्पोर्ट्स क्लब को आयोजनामा गोदावरी-८ स्याउले ग्राउन्डमा भएको खेलमा हिमाल फ्रेन्डस क्लब पुनर्बासले पेनाल्टी शुट मा ५-४ ले पुनर्बास खेलकुद विकास समिति, पुनर्बासलाई पराजित गरेको हो ।



खेलको ४४ औं मिनेटमा पुनर्बास खेलकुद विकास समितिका फरवार्ड खेलाडी सुशील तामाङले टिमलाई १-० को अग्रता दिलाएका थिए । उनले ग्राउन्डको दाइने तर्फबाट किपरलाई छक्काउँदै सहज गोल गरे । खेलको ८० औं मिनेटमा हिमाल फ्रेन्डस क्लबका जर्सी नम्बर ७ का खेलाडी धिरेन्द्र शाहले गोल फर्काएर खेल बराबरीमा पुर्याएका थिए ।



९० मिनेटको खेल बराबरीमा सकिएपछी ४ मिनेट थपिएको थियो । उक्त समयमा पनि गोल नभएपछि पेनाल्टी शुट आउटमा गेम गएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी अमृत थापा घोषित भए भने म्यान अफ द म्याच जि आर अक्सेक भए । यस्तै उदयमान खेलाडी दिपेश ओली घोषित भए भने सर्वाधिक गोलकर्ता को उपाधी सुशील तामाङले पाए ।
प्रतियोगिता मा बेष्ट डिफेन्डर आशिष पुन घोषित भए भने उत्कट गोलरक्षक जि आर अक्सेक भए । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । जित सँगै हिमाल फ्रेन्डस क्लब ले २ लाख नगद , ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो भएको पुनर्बास खेलकुद विकास समितिले १ लाख ट्रफी र मेडल पाएको छ ।
विजेता टिम र खेलाडीलाई नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट ले पुरस्कार बितरण गरेका थिए । क्लब कि उपाध्यक्ष भगवती साउँदले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।




