Satyawati
Division ban Pahalmanpur

वेस्ट इन्डिज विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

Purbadhar dadeldhura

काठमाडौँ- नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज विरुद्धको अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै पाँच टी २० सिरिजको सुखद अन्त्य गरेको छ । वेस्ट इन्डिजले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। कुशल मल्ल ३७ र रोहित पौडेल शुन्य रनमा नटआउट रहे । कुशलले १८ बलमा ३ चौका र ३ छक्का सहयोगमा ३७ रन बनाए ।

नेपालका लागि अनिल शाह र आशिफ शेखले अर्धशतक पूरा गरे । ४५ बलमा ४ चौका र ४ छक्का सहयोगमा ५८ रन बनाएका अनिल १७ औँ ओभरको दोस्रो बलमा क्याच आउट भए । आशिफ ५१ रन बनाउँदै क्याच आउट भए । उनले ४५ बलमा २ चौका र ५ छक्का प्रहार गरे । उनले ३२ बलमा २ चौका र ५ छक्का मद्दतमा १३ औँ ओभरमा पाचौँ बलमा अर्धशतक पूरा गरे ।

Malpot office dadeldhura

उनी चौथो ओभरको तेस्रो बलमा क्याच आउट भए। दिपेन्द्र सिंह ऐरि ५ रनमा क्याच आउट भए। पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा क्याच आउट भए। कुशल दोस्रो ओभरको चौथो बलमा ओबेडको बलमा वेल्सको हातबाट क्याच आउट भए ।

त्यसअघि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रनको योगफल तयार पारेको थियो । एलिक अथानाजे ४२ र हेडेन वाल्स ७ रनमा नटआउट रहे । नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिए। सागरले २ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे । सोमपालले आफ्नो स्पेलमा १६ रन खर्चे । अविनास बोहोराको नाममा एक विकेट रह्यो ।

गुणाकेश मोती १ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए । फाबियन एलियन ३ रन बनाउँदा सोमपाल कै बलमा विकेट किपर आशिफ शेखको हातबाट आउट भए। सोमपालले १७ औँ ओभरको तेस्रो बलमा म्याथु फोर्डलाई २३ रनमा क्याच आउट गराए। त्यसअघि १४ औ ओभरको तेस्रो बलमा वेस्ट इन्डिजका कप्तान रोष्टन चेस आउट भएका थिए । २३ बलमा ३३ रन बनाएका रोष्टन अविनास बोहोराका बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए ।

ओपनर जोनसन चाल्स २४ रन बनाउँदा पेभेलियन फर्के। २० बलमा २ चौका र २ छक्का हानेका जोनसन सागर ढकालको बलमा कट एण्ड बोल्ड भए । अर्का ओपनर कदिम एलियन ११ रन बनाउँदा सागर कै बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए । मार्क दियान ११ रनमा नै सागरको बलमा रोहितको हातबाट आउट भए ।

Dadeldhura Aspatal & Ban
Loading...