कञ्चनपुरमा नदीमा डुबेर दुई को मृत्यु

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी स्थित दोदा नदीमा डुबेर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । शनिवार नदीमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका–४ शान्तिपुर का १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर घाइते भएका समीर सुवेदी र शिशिर बिष्टको उद्धार गरी बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

Loading...